पाठ ९ · निबन्ध
मेरो देशको शिक्षा
शब्दभण्डार
१. दिइएका अर्थ बुझाउने शब्द 'मेरो देशको शिक्षा' निबन्धबाट खोजेर लेख्नुहोस्:
(क)नयाँ कुराको खोजी
उत्तर: आविष्कार
(ख)खास विषयको गुण दोष आदिको मूल्याङ्कन
उत्तर: समालोचना
(ग)जीवन निर्वाहका लागि गरिने काम
उत्तर: व्यवसाय
(घ)महत्त्वपूर्ण मानिएका ठुला आकारका पठनीय सामग्री
उत्तर: ग्रन्थ
(ङ)शिष्ट वा सभ्य मानिसको आचरण
उत्तर: शिष्टाचार
२. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:
मुहान → उद्गमस्थल
तीर्थाटन → तीर्थयात्रा
पसिना → परिश्रम गर्दा शरीरबाट निस्कने पानी
मार्ग → बाटो
त्रुटि → गल्ती
खानी → धेरै चिज उत्पन्न भएको ठाउँ
प्राचीन → पुरातन
३. दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक, पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस्:
उत्तर: पाठ्यक्रम, पाठयोजना, विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, मूल्याङ्कन, गृहकार्य
४. 'मेरो देशको शिक्षा' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्।
अन्नबाली → तराईको उर्वर भूमिमा धान, गहुँजस्ता अन्नबाली प्रशस्त उत्पादन हुन्छन्।
पर्यावरण → बढ्दो प्रदूषणले प्राकृतिक पर्यावरणमा गम्भीर असर पारेको छ।
भूगोल → नेपालको विविध भूगोलले यहाँको संस्कृति र जनजीवनलाई प्रभावित पारेको छ।
संस्कृति → हामीले हाम्रो मौलिक संस्कृति जोगाउन हरेक प्रयास गर्नुपर्छ।
व्यवसाय → परम्परागत पेसालाई आधुनिकीकरण गरी आकर्षक व्यवसायमा बदल्न सकिन्छ।
बोध र अभिव्यक्ति
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
(क)'मेरो देशको शिक्षा' निबन्ध आत्मपरक वा वस्तुपरक कुन हो?
उत्तर: 'मेरो देशको शिक्षा' निबन्ध आत्मपरक हो।
(ख)'व्यवसायमूलक शिक्षाका बन्तु हो' अनुच्छेदको शीर्ष वाक्य कुन हो?
उत्तर: 'शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिनु हो भने आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो' यो वाक्य उक्त अनुच्छेदको शीर्ष वाक्य हो।
(ग)वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद कुन हो?
उत्तर: वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद छैटौं अनुच्छेद हो।
(घ)प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा कुन अनुच्छेदमा आएको छ?
उत्तर: प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा दोस्रो र तेस्रो अनुच्छेदमा आएको छ।
४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्।
(क)दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ ?
उत्तर: दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता हुनुपर्छ ।
(ख)स्वस्थ चिन्तनमा कुन कुरा पर्छ ?
उत्तर: हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आँखाले हेर्नुपर्ने कुरा स्वस्थ चिन्तनमा पर्छ।
(ग)'समालोचनात्मक चिन्तन शिक्षाकै एउटा पाटो हो' भन्नुको आशय के हो ?
उत्तर: समालोचनात्मक चिन्तनले पनि शिक्षाले जस्तै व्यक्तिको बौद्धिक तार्किक क्षमताको विकास गर्छ भन्ने हो।
(घ)निबन्धको अंशको भनाइप्रति तपाइँ सहमत वा असहमत के हुनुहुन्छ तर्क दिनुहोस् ।
उत्तर: निबन्धको अंशको भनाइप्रति म सहमत छु किनभने शिक्षा समालोचनात्मक सोचयुक्त हुनुपर्छ। समालोचनात्मक चिन्तनले कुनै पनि विचारलाई विवेकपूर्ण तरिकाले जाँच्दै अन्धविश्वासमाथि प्रश्न गर्न सक्छ। यसले नयाँ ज्ञान निर्माण गर्न सघाउँछ।
५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) 'मेरो देशको शिक्षा' निबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ?
उत्तर: निबन्धमा युग अनुकुलको विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसात गर्न सक्ने, बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि उपयोगी व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ। पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्ने, बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि कामलाई आधुनिक प्रविधिसँग जोड्न सक्ने खालको शिक्षा हुनुपर्नेमा जोड दिइएको छ।
(ख) शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ ?
उत्तर: शिक्षाले मानव जीवनका विभिन्न पक्षमा सुधार ल्याउँछ। यसले पाइने चेतनाले मानिसलाई कर्तव्य, दायित्व र सदगुण सिकाउँछ। मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्छ। हरेक कुराको फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ। मानिसलाई नैतिकवान्, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ। यसले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ।
(ग) विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस् ।
उत्तर: आजको सूचना प्रविधिको युगमा, विज्ञान र प्रविधिले शिक्षामा युगान्तकारी परिवर्तन ल्याएको छ। ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादन गर्न यस्तो शिक्षा आवश्यक छ। अनलाइन कारोबार, बैंकिङ, व्यवसाय, बजारीकरण र विज्ञापन जस्ता प्रविधिसँग सम्बन्धित कार्यमा विद्यार्थीलाई दक्ष बनाउन विज्ञान र प्रविधिमा आधारित शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले उनीहरूलाई युगीन आवश्यकता र आविष्कारसँग जोड्दछ।
(घ) निबन्धको मुख्य सन्देश के हो ?
उत्तर: 'मेरो देशको शिक्षा' एक सन्देशमूलक आत्मपरक निबन्ध हो। यसले वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा जोड दिएको छ। हाम्रो देशको शिक्षालाई यहाँको भूगोल र पर्यावरण अनुकूल हुने गरी व्यवसायमूलक बनाउन सके रोजगारी सिर्जनामा बल पुग्न सक्छ। शिक्षाका माध्यमबाट व्यक्तिमा समालोचनात्मक चिन्तनको विकास गरी जीवनलाई सहज र स्तरीय बनाउन सकिन्छ। नेपालको परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्दै रोजगारीको अवसर सिर्जना गरी देशलाई समृद्धितर्फ लैजानुपर्छ भन्ने सन्देश यस निबन्धबाट पाइन्छ।
६. व्याख्या गर्नुहोस्:
(क) आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।
उत्तर: प्रस्तुत हरफ कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'मेरो देशको शिक्षा' निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका सम्पादक समूह हुन्। हाम्रो देशको शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन व्यवसायिक शिक्षामा जोड दिनुपर्छ भन्ने सन्दर्भमा यो हरफ आएको हो। व्यक्तिलाई सिप र ज्ञानले सुसज्जित गरी आत्मनिर्भर बनाउनु नै शिक्षाको मूल लक्ष्य हुनुपर्छ भन्ने भाव माथिको पङ्क्तिमा पाइन्छ।
आत्मनिर्भरता भनेको अरूमाथि भर नपरी आफैंमा निर्भर रहने अवस्था हो। यसको प्रमुख आधार भनेकै स्वरोजगार हो, जहाँ व्यक्तिले आफ्नै सिप र क्षमताबाट रोजगारी सिर्जना गर्छ। नेपालजस्तो कृषिप्रधान देशमा व्यावसायिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई कृषिसँग सम्बन्धित आधुनिक प्रविधि र परम्परागत ज्ञानको सिप दिन सकियो भने उनीहरू स्वरोजगार बन्न सक्छन्। शिक्षाले प्रदान गरेको दक्षताले नै व्यक्तिलाई आत्मनिर्भर बनाउँछ। यदि शिक्षा जीवनोपयोगी र व्यावहारिक भएन भने त्यसको कुनै अर्थ रहँदैन। तसर्थ, शिक्षाको मूल उद्देश्य व्यक्तिलाई स्वरोजगार बनाउनु हो। जब व्यक्ति स्वरोजगार बन्छ, तब मात्र ऊ आफ्नो खुट्टामा उभिन सक्छ र परनिर्भरताको अन्त्य हुन्छ। यसले व्यक्तिको आत्मसम्मान बढाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुर्याउँछ।
यसरी निष्कर्षमा, देशको समृद्धिका लागि नागरिकलाई आत्मनिर्भर बनाउनु अत्यावश्यक छ। यसका लागि व्यावसायिक र सिपमूलक शिक्षामा जोड दिनुपर्छ। शिक्षाले प्रदान गरेको ज्ञान र सिपले नै व्यक्तिलाई स्वरोजगार बनाउन सक्छ। आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो भन्ने भाव यस निबन्धांशमा व्यक्त भएको पाइन्छ।

(ख) शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ ।
उत्तर: प्रस्तुत हरफ कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'मेरो देशको शिक्षा' निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका सम्पादक समूह हुन्। शिक्षाले मानिसको व्यवहार र आचरणमा पनि सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने सन्दर्भमा यो हरफ आएको हो। शिक्षा केवल प्रमाणपत्रको लागि नभई व्यक्तित्व निर्माणको लागि हो भन्ने आशय माथिको पङ्क्तिमा निहित छ।
शिक्षाको वास्तविक अर्थ भनेको व्यक्तिको व्यक्तित्वको समग्र विकास हो। यसले व्यक्तिलाई ज्ञान त दिन्छ नै, साथै उसको आचरण र व्यवहारलाई पनि परिष्कृत गर्छ। एउटा साँचो शिक्षित व्यक्तिले प्रतिकूल परिस्थितिमा पनि धैर्य र शान्ति गुमाउँदैन। ऊ आफ्ना भावना र संवेगलाई नियन्त्रण गर्न सक्छ। यस्तो व्यक्तिमा सभ्य आचरण र शिष्टाचारको विकास हुन्छ। ऊ आफ्नो कामप्रति प्रतिबद्ध हुन्छ, सबै संस्कृतिप्रति सद्भाव राख्छ र समाजका हरेक सदस्यसँग असल व्यवहार गर्छ। त्यसैले, साँचो शिक्षाले मानिसमा यी सबै गुणहरूको विकास गर्छ। शिक्षा भनेको पुस्तकीय ज्ञान मात्र होइन, यो त जीवन जिउने कला हो। यसले मानिसलाई असल नागरिक बनाउँदै समाजमा सद्भाव र एकता कायम गर्न मद्दत गर्छ। शिक्षित व्यक्तिले मात्र समाजलाई सही दिशा दिन सक्छ।
यसरी निष्कर्षमा, शिक्षाको उद्देश्य केवल ज्ञान र सिप प्रदान गर्नु मात्र नभई व्यक्तिलाई असल मानिस बनाउनु पनि हो। शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता र सामाजिक सद्व्यवहारजस्ता गुणहरू हुनु अनिवार्य छ। यी गुणहरूले नै व्यक्तिलाई परिवार, समाज र राष्ट्रको लागि योग्य नागरिक बनाउँछ। शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता र सांस्कृतिक सद्भावका क्षमता हुनु जरुरी छ भन्ने भाव यस निबन्धांशमा अभिव्यक्त भएको देखिन्छ।

८. दिइएको चित्र वर्णन गर्नुहोस्:
उत्तर: दिइएको चित्रमा कुनै कक्षाकोठाभित्र शिक्षण सिकाइ हुँदै गरेको देखाइएको छ। उमेरका दृष्टिले परिपक्व जस्ता देखिने सिकारुहरू भएको हुँदा त्यहाँ प्रौढ शिक्षाको कक्षा सञ्चालन भइरहेको अनुमान गर्न सकिन्छ। विभिन्न उमेर समूहका विद्यार्थीहरू रहेको उक्त कक्षामा, शिक्षक र विद्यार्थीबिच विषयवस्तुमा केन्द्रित अन्तरक्रिया भइरहेको छ। सिकारुहरूले आफ्ना जिज्ञासा शिक्षकसामु राख्दै छन् र शिक्षकले तिनलाई सहज रूपमा बुझाउने प्रयास गर्दै छन्। साक्षरता फैलाउने र जीवन उपयोगी ज्ञान तथा सिप प्रदान गर्ने मुख्य उद्देश्यले यो कक्षा सञ्चालन भएको देखिन्छ।
९. 'शिक्षालाई भूगोल ----पाउने छ' निबन्धको अंश मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्।
बुँदा टिपोट:
- शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसाय मूलक शिक्षाका रुपमा विकास गर्नुपर्ने,
- ठाउँ अनुसार सम्भावना भएका विषयवस्तुसँग सम्बन्धित शिक्षा दिनु उपयुक्त हुने,
- सिपमुलक तथा व्यवसायिक शिक्षा विद्यालय तहमै समावेश गर्न उपयुक्त हुने,
- सिपयुक्त शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएमा आफ्नो सिप अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारको अवसर प्राप्त गर्ने ।
सारांश लेखन:
व्यवसाय मूलक शिक्षा
शिक्षालाई भूगोल र पर्यावरण अनुकुल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ। जुन ठाउँमा जे कुराको सम्भावना छ त्यसै विषयवस्तुसँग सम्बन्धित शिक्षा दिन उपयुक्त हुन्छ। सिपमूलक तथा व्यावसायिक शिक्षा विद्यालय तहमै समावेश गर्न सके शिक्षा जीवन उपयोगी बन्न सक्छ। सिपयुक्त शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएमा आफ्नो सिप अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारीको अवसर प्राप्त गर्न सकिन्छ।
दिइएको अनुच्छेदमा भएका शब्द सङ्ख्या - १७१
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या - ५७
सारांशमा भएको शब्द सङ्ख्या - ५७

१०. तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, 'मेरो देशको शिक्षा' निबन्धका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस्।
उत्तर: 'मेरो देशको शिक्षा' एक आत्मपरक शैलीमा लेखिएको निबन्ध हो। यस निबन्धले वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा विशेष जोड दिएको छ। निबन्धको मूल भावना के हो भने हाम्रो देशको शिक्षाले परम्परागत ज्ञानलाई परिष्कृत गर्दै आधुनिक विज्ञान र प्रविधिलाई आत्मसात गर्नुपर्छ। यसले भविष्यको शिक्षा कस्तो हुनुपर्छ भन्ने स्पष्ट मार्गदर्शन गरेको छ।
सर्वप्रथम, शिक्षाको मूल उद्देश्य व्यक्तिलाई ज्ञान र सिप प्रदान गरी आत्मनिर्भर बनाउनु हो। भावी शिक्षाले विज्ञान, सूचना र प्रविधिलाई आत्मसात् गर्दै समयानुकूल परिष्कृत हुँदै जानुपर्छ। यसले देशको भौगोलिक तथा पर्यावरणीय अवस्थालाई ध्यानमा राखी स्थानीय सम्भावनाका आधारमा व्यवसायमूलक ज्ञान प्रदान गर्नुपर्छ। नेपाल कृषिप्रधान देश भएको हुँदा, कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा अपरिहार्य छ।
दोस्रो, भावी शिक्षाले पूर्वीय ज्ञान र पाश्चात्य विज्ञानबिचको सेतुको काम गर्नुपर्छ। यसले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्न सक्नुपर्छ। सिपमूलक तथा व्यावसायिक शिक्षालाई विद्यालय तहदेखि नै समावेश गर्न सकेमा मात्र यो सम्भव छ। यसले विद्यार्थीलाई सानैदेखि उद्यमशील बनाउँछ र पछि स्वरोजगारको बाटो खोल्छ।
तेस्रो, निबन्धले समालोचनात्मक चिन्तनको विकासलाई पनि शिक्षाको महत्त्वपूर्ण पाटो मानेको छ। भावी शिक्षाले विद्यार्थीलाई रट्ने होइन, बुझ्ने र प्रश्न गर्ने क्षमता प्रदान गर्नुपर्छ। यसले व्यक्तिको बौद्धिक, नैतिक र सांस्कृतिक विकास गर्दै उसलाई एक जिम्मेवार र सभ्य नागरिक बनाउँछ। शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता र सामाजिक सद्भावको विकास हुनु पनि उत्तिकै जरुरी छ।
समग्रमा, नेपालको भावी शिक्षा जीवनोपयोगी, व्यावहारिक र रोजगारमूलक हुनुपर्छ। यसले विद्यार्थीलाई पलायन होइन, स्वदेशमै आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ। 'मेरो देशको शिक्षा' निबन्धले देखाएको यही बाटो नै आजको आवश्यकता हो।

११. 'मेरो सोच : मेरो भविष्य' शीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस्।
उत्तर: मेरो सोच: मेरो भविष्य
मेरो सोच भनेको मनभित्र उब्जने विचारहरूको समूह हो र मेरो भविष्य त्यही सोचको परिणाम हुनेछ भन्ने मलाई राम्ररी थाहा छ। सकारात्मक सोचले नै असल कार्यलाई प्रेरित गर्छ र उज्ज्वल भविष्यको जग बसाल्छ। त्यसैले, म सधैं कर्मशील र आत्मनिर्भर बन्ने सोच राख्छु। म चाहन्छु कि मेरो जीवनले मेरो परिवार, समाज र राष्ट्रको उन्नतिमा सानै भए पनि योगदान पुर्याउन सकोस्। मेरो विचारमा, आजको हाम्रो सकारात्मक सोचले नै भोलिको सुन्दर भविष्यको निर्धारण गर्छ। संसारमा जति पनि महान् व्यक्तित्वहरू भएका छन्, तिनीहरू सबैको जग पनि एउटा सकारात्मक र आदर्श सोच नै थियो। त्यही सोचको बलमा म पनि आफ्नो भविष्य उज्ज्वल बनाउन सफल होऊँ।

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
(क) प्रश्नहरू
(अ)कानुन भन्नाले के बुझिन्छ ?
उत्तर: कानुन भन्नाले राज्यको शासन सञ्चालन गर्ने कार्य, विधि, पद्धति एवम् नियमको समष्टिलाई बुझिन्छ ।
(आ)कानुनका स्रोत के के हुन् ?
उत्तर: कानुनका स्रोतहरू विधायन, नजिर, प्रथा तथा परम्परा, संप्रतिज्ञा, अन्तर्राष्ट्रिय अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कानुनविद्का राय हुन् ।
(इ)कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ ?
उत्तर: कानुनको अवज्ञा दण्डनीय रहने हुँदा यो बाध्यकारी शक्ति मानिन्छ ।
(ई)कानुनको महत्त्व लेख्नुहोस् ।
उत्तर: शासन व्यवस्थालाई निरङ्कुश हुनबाट रोक्न, नागरिकलाई अधिकार दिन, असीमित अधिकारलाई नियन्त्रण गर्न, सामाजिक सदाचार र नैतिकता कायम गर्न, समतामूलक समाज निर्माण गर्न, न्याय प्रशासनलाई चुस्त र दुरुस्त बनाउन कानुन अनिवार्य हुने हुँदा यसको महत्व छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ)अनुच्छेदबाट कर्तृवाच्यका दुईओटा वाक्य टिप्नुहोस् ।
उत्तर: · यसले सत्य, न्याय, अधिकार र सुरक्षाको सुनिश्चितताको खोजी गर्छ ।
· यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ ।
· यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ ।
(आ)'यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ' वाक्यलाई कर्मवाच्यमा रूपान्तरण गर्नुहोस् ।
उत्तर: यसद्वारा समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गरिन्छ ।
(इ)अनुच्छेदबाट 'य' प्रयोग भएका दुईओटा र 'ए' प्रयोग भएका दुईओटा पहिचान गरी अर्थ लेख्नुहोस्।
उत्तर: 'य' प्रयोग भएका शब्द: सभ्य, नियम, न्याय
'ए' प्रयोग भएका शब्द: एवम्, ऐन, भएका
'ए' प्रयोग भएका शब्द: एवम्, ऐन, भएका