पाठ ३ · निबन्ध
चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा
शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट खोजेर लेख्नुहोस्:
(क)स्नायुसम्बन्धी रोग
उत्तर: पक्षाघात
(ख)बात, पित्त र कफसम्बन्धी दोष
उत्तर: त्रिदोष
(ग)चिरफारका पद्धतिले गरिने रोगको उपचार
उत्तर: शल्यक्रिया
(घ)हानि वा घात पुर्याउने
उत्तर: घातक
(ङ)प्रतिरोधका लागि तयार पारिएको
उत्तर: प्रतिरोधात्मक
२. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्:
प्रादुर्भाव — कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव
अत्युक्ति — बढाइचढाइ गरिने वर्णन वा कथन
अद्यावधिक — आजसम्मको अवस्था, विगतदेखि हालसम्म
त्रिदोष — शरीरमा हुने बात, पित्त र कफको प्रकोपबाट हुने रोग
निषेध — प्रतिबन्ध वा रोक लगाउने काम
अधीरता — धैर्य नभएको अवस्था, अस्थिर
३. चिकित्सा क्षेत्रमा प्रयोग हुने दिइएका प्राविधिक पारिभाषिक शब्द पढ्नुहोस् र शब्दकोशका सहायताले तिनको अर्थ लेख्नुहोस्:
आयुर्वेद — पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग पहिचानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरेर वा शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्राचीन चिकित्सा शास्त्र
एलोप्याथिक — पाश्चात्य आधुनिक चिकित्सा पद्धति, डाक्टरी उपचार चिकित्सा पद्धति
वैकल्पिक चिकित्सा — विकल्पमा आउने इलाज वा उपचार
होमियोप्याथिक चिकित्सा — होमियोप्याथीसम्बन्धी उपचार
शल्यक्रिया — चिरफारद्वारा शारीरिक उपचार गरी ठिक पार्ने काम, शल्यचिकित्सा
पक्षाघात — शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग
आकस्मिक उपचार — अकस्मात् भएको कार्य, दुर्घटना वा रोगमा गरिने इलाज
निर्मूलीकरण — निर्मूल पार्ने काम, उन्मूलन
४. 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धमा प्रयोग भएका कुनै पाँचओटा पारिभाषिक प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्:
हृदयाघात — सन्तुलित जीवनशैलीले हृदयाघातको जोखिम कम गर्छ।
वैद्य — अनुभवी वैद्यले प्राकृतिक जडीबुटीबाट उपचार गर्छन्।
उपचारात्मक — रोग निको पार्न उपचारात्मक विधि अपनाइन्छ।
मनोचिकित्सा — मानसिक स्वास्थ्य सुधार्न मनोचिकित्सा प्रभावकारी हुन्छ।
चिकित्सा — आधुनिक चिकित्साले मानिसको आयु लम्ब्याएको छ।
बोध र अभिव्यक्ति
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस्:
(क)चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध कति अनुच्छेदमा संरचित छ?
उत्तर: चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्ध १२ अनुच्छेदमा संरचित छ।
(ख)वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो र लामो अनुच्छेद कुन हो?
उत्तर: वाक्य सङ्ख्याका दृष्टिले सबैभन्दा छोटो अन्तिम र लामो अनुच्छेद तेस्रो हो।
(ग)निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु कुन अनुच्छेदमा रहेको छ?
उत्तर: निबन्धमा आयुर्वेद चिकित्साका शाखाको चर्चा गरिएको विषयवस्तु पाँचौं अनुच्छेदमा रहेको छ।
(घ)निबन्धको अन्तिम अनुच्छेदको आशय के हो?
उत्तर: निबन्धको अन्तिम अनुच्छेदको आशय निरोगी र सुखी जीवन बाँच्नका लागि आयुर्वेद चिकित्सा पद्धतिको प्रयोग गर्नुपर्छ भन्ने हो।
५. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस्:
(क)निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ?
उत्तर: निबन्धांशमा चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ।
(ख)प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ?
उत्तर: पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा र वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवाबाट उपचार गरिने पद्धति प्रवर्धनात्मक उपचार पद्धति हो।
(ग)उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन्?
उत्तर: उपचारात्मक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर र युनानी चिकित्सा पद्धति पर्छन्।
(घ)तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन?
उत्तर: रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै स्वास्थ्य सेवा प्रदान गरिने भएकोले मलाई निरोधात्मक उपचार पद्धति मन पर्छ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा निबन्धका आधारमा वर्तमान चिकित्सा विज्ञानका बारेमा वर्णन गर्नुहोस्।
उत्तर: एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक लोकप्रिय चिकित्सा पद्धति हो। यसलाई आधुनिक चिकित्सा विज्ञान तथा डाक्टरी उपचारका रूपमा लिइन्छ। यस पद्धतिमा रोग निको पार्न सुरुमै रोग घटाउने औषधी दिइन्छ। छिटो सन्चो हुने, विशेषज्ञ डाक्टर र औषधी सजिलै उपलब्ध हुने, आपतकालीन अवस्थामा प्रभावकारी हुने र शल्यक्रियाबाट गम्भीर रोग निको हुने यसका विशेषता हुन्। प्रविधि र उपकरण समयानुसार अद्यावधिक हुने तथा खोपको व्यवस्था हुनु यस पद्धतिका थप विशेषता हुन्।
(ख) किन आयुर्वेद चिकित्साको लोकप्रियता बढ्दै गएको छ, लेख्नुहोस्।
उत्तर: आयुर्वेद चिकित्सामा शरीरको शुद्धीकरण र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडीबुटीको प्रयोग गरिन्छ। यसमा बिरामीको समग्र पक्षको उपचार गरिन्छ र रोगको नियन्त्रण मात्र नभई निर्मूल गर्ने प्रयास गरिन्छ। उपचारका लागि उपकरणको आवश्यकता कम पर्ने, औषधीको नकारात्मक प्रभाव नहुने र खर्च कम लाग्ने हुँदा यो पद्धति सर्वसुलभ छ। नेपालमा प्रशस्त जडीबुटी पाइनु र रोग लाग्नुपूर्व नै प्रतिरोधात्मक उपाय अपनाउन सकिनुले पनि यसको लोकप्रियता बढ्दै गएको छ।
(ग) उपचारात्मक स्वास्थ्य सेवाअन्तर्गत कस्ता उपचारात्मक पद्धति पर्छन्?
उत्तर: रोग लागेपछि निको पार्न प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ। यसअन्तर्गत आधुनिक चिकित्सा विज्ञान, आयुर्वेद चिकित्सा, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर र युनानी चिकित्सा जस्ता पद्धति पर्छन्।
(घ) आयुर्वेद चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिका मुख्य फरक के के हुन्?
उत्तर: आयुर्वेद चिकित्सामा जडीबुटीको प्रयोग गरी शरीरको शुद्धीकरण र रोग प्रतिरोधात्मक क्षमता बढाइन्छ भने आधुनिक चिकित्सामा रोग घटाउने औषधी र शल्यक्रियाको प्रयोग गरिन्छ। आयुर्वेद उपचार कम खर्चिलो र पार्श्वप्रभावरहित हुन्छ भने आधुनिक उपचार महँगो र पार्श्वप्रभावयुक्त हुन सक्छ। आयुर्वेदले रोगको जरै निर्मूल गर्न खोज्छ भने आधुनिक चिकित्साले तत्काल लक्षण नियन्त्रणमा जोड दिन्छ। आयुर्वेदमा उपचार अवधि लामो हुन्छ भने आधुनिक चिकित्सामा छिटो सन्चो हुन्छ।
७. व्याख्या गर्नुहोस्:
(क) आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो।
उत्तर: प्रस्तुत कथन कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट लिइएको हो। यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका सम्पादक समूह हुन्। आयुर्वेद चिकित्साको प्राचीनता र यसको भिन्न पहिचानलाई उजागर गर्ने क्रममा यो भनाइ प्रस्तुत गरिएको हो। आयुर्वेद चिकित्सा पद्धति शरीरको शुद्धीकरण र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोग गरिने तथा रोगको नियन्त्रण मात्र नभई निर्मूल गर्ने प्राचीनतम उपचार विधि हो भन्ने भाव माथिको पङ्क्तिमा पाइन्छ।
आयुर्वेद चिकित्सा पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति, दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर समग्र पक्षको उपचार गरिन्छ। यसमा रोग नियन्त्रणका साथै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रयास गरिन्छ। औषधी जडीबुटीबाट निर्माण गरिने भएकाले नकारात्मक प्रभाव अत्यन्त न्यून हुन्छ। यस उपचार पद्धतिमा उपकरणको आवश्यकता कम पर्ने र खर्च पनि कम लाग्ने हुन्छ। आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो। यसको चर्चा अथर्ववेदमा पाइन्छ र यो इशापूर्व ३ हजारदेखि ५० हजार वर्षअघि भारतवर्षबाट विकास भएको मानिन्छ। रामायण र महाभारतमा पनि आयुर्वेद उपचारको प्रसङ्ग भेटिन्छ। आधुनिक चिकित्सा पद्धतिको सुरुआत भने अठारौं शताब्दीपछि मात्र भएको हो। यसबाट आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो भन्ने कुरा स्पष्ट हुन्छ।
यसरी निष्कर्षमा, आयुर्वेद चिकित्सा पद्धति आधुनिक चिकित्साभन्दा पृथक् प्रकृतिको र विश्वकै ज्येष्ठ उपचार विधि हो। यसले रोगको लक्षण मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रयास गर्छ र पार्श्वप्रभाव पनि न्यून हुन्छ। प्राचीन वैदिक कालदेखि नै यस पद्धतिको प्रयोग हुँदै आएको ऐतिहासिक प्रमाणहरूले यसको प्राचीनतालाई पुष्टि गर्छन्। आयुर्वेदिक चिकित्सा आधुनिक चिकित्सा पद्धतिभन्दा भिन्न र संसारकै सर्वप्राचीन उपचार पद्धति हो भन्ने भाव यस निबन्धांशमा व्यक्त भएको पाइन्छ।

(ख) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ।
उत्तर: प्रस्तुत कथन कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' निबन्धबाट लिइएको हो। यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका सम्पादक समूह हुन्। नेपालमा पाइने जडीबुटीको विशाल भण्डार र यसको महत्त्वलाई चित्रण गर्ने क्रममा यो भनाइ प्रस्तुत गरिएको हो। नेपाल आयुर्वेदिक औषधीका लागि उर्वरभूमि हो भन्ने भाव माथिको पङ्क्तिमा पाइन्छ।
आयुर्वेदिक उपचार पद्धतिमा जडीबुटीको प्रयोग हुन्छ र यसलाई प्राकृतिक उपचार पद्धति पनि भनिन्छ। नेपाल आफैंमा जडीबुटीको विशाल भण्डार हो। हिमाल, पहाड र तराईमा रहेको जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी यहाँ उपलब्ध छन्। परापूर्वकालमा हाम्रा पितापुर्खाले यिनै जडीबुटीबाट उपचार गरी दीर्घ जीवन हासिल गर्थे। रामायणमा लक्ष्मण मूर्छित हुँदा सञ्जीवनी बुटी लिन नेपालकै हिमालय क्षेत्रमा पठाइएको प्रसङ्गले पनि नेपालको महत्त्व पुष्टि हुन्छ। नेपालका डोल्पा, जुम्ला, मुगु, हुम्ला, मुस्ताङ, दार्चुला, बझाङ, रसुवा र रुकुमलगायतका उच्च पहाडी क्षेत्रमा प्रशस्त जडीबुटी पाइन्छन्। तुलसी, सर्पगन्धा, जटामसी, पदमचाल, यार्सागुम्बा, पाँचऔंले, बोझो, नीम, अमला, हर्रो, बर्रो जस्ता जडीबुटीले जरादेखि पातसम्म हामीलाई लाभ दिन्छन्।
यसरी निष्कर्षमा, नेपाल जडीबुटीको अजय भण्डार भएकाले आयुर्वेदिक औषधीका लागि भूस्वर्ग सरह मानिन्छ। हिमालदेखि तराईसम्म फैलिएको जैविक विविधताले नेपाललाई औषधीय गुणले भरिपूर्ण बनाएको छ। यहाँका बहुमूल्य जडीबुटीको उचित संरक्षण र व्यवस्थापन गर्न सके नेपाल विश्व बजारमै आयुर्वेदिक औषधीको प्रमुख स्रोत बन्न सक्छ। आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ भन्ने भाव यस निबन्धांशमा अभिव्यक्त भएको देखिन्छ।

८. आधुनिक चिकित्सा पद्धतिका सकारात्मक र नकारात्मक पक्षबारे समीक्षा गर्नुहोस्।
उत्तर: 'चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा' वस्तुपरक निबन्ध हो। यस निबन्धका लेखक यसै पाठ्यपुस्तकका सम्पादक समूह हुन्। यस निबन्धमा मानव स्वास्थ्य उपचारका विभिन्न पद्धतिको उल्लेख गर्दै आयुर्वेद चिकित्साको महत्त्व र आवश्यकतालाई समावेश गरिएको छ।
आधुनिक चिकित्सा पद्धति हाल सर्वाधिक लोकप्रिय चिकित्सा पद्धति हो। यसलाई एलोप्याथी तथा डाक्टरी उपचारका रूपमा लिइन्छ। यस पद्धतिमा रोग निको पार्न सुरुमै रोग घटाउने औषधी दिइन्छ। छिटो सन्चो हुने, विशेषज्ञ डाक्टर र औषधी सजिलै उपलब्ध हुने यसका विशेषता हुन्। आपतकालीन अवस्थामा निकै प्रभावकारी हुने, शल्यक्रियाको व्यवस्था हुने र शल्यक्रियाबाट गम्भीर रोग निको हुने पनि यसका विशेषता हुन्। प्रविधि र उपकरण समयानुसार अद्यावधिक हुने, सबै रोगको उपचारमा प्रभावकारी हुने र खोपको व्यवस्था हुनु यसका थप विशेषता हुन्। आधुनिक चिकित्साले मानिसको औसत आयु बढाएको छ र स्वास्थ्य सेवालाई सुलभ बनाएको छ।
यति धेरै सकारात्मक पक्ष हुँदाहुँदै पनि यसका नकारात्मक पक्ष छन्। आधुनिक औषधी र स्वास्थ्य सेवाको लागत अत्यधिक हुने हुँदा विपन्न वर्गको पहुँचमा पुग्न सकेको छैन। औषधीले पार्श्वप्रभाव निम्त्याउन सक्छ। यो पद्धति समस्याको मूल कारण सम्बोधन गर्नुको सट्टा लक्षणको उपचारमा बढी केन्द्रित छ। एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोधी क्षमता कम गर्दै छ। दक्ष जनशक्तिको अभाव, औषधीको दुरुपयोग हुँदा घातक हुनु जस्ता कुरा यस पद्धतिका सीमा हुन्।
यति हुँदाहुँदै पनि गम्भीर र आकस्मिक उपचारका लागि आधुनिक चिकित्सा पद्धति अपरिहार्य छ। त्यसैले यसका सकारात्मक र नकारात्मक दुवै पक्षलाई सन्तुलित रूपमा बुझ्दै आवश्यकता अनुसार अन्य वैकल्पिक चिकित्सासँग समन्वय गरी अघि बढ्नु नै बुद्धिमानी हुन्छ।

९. रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति प्रभावकारी मानिन्छ, पुष्टि गर्नुहोस्।
उत्तर: आयुर्वेदिक चिकित्सा पद्धति मूलतः जीवनको ज्ञानसँग सम्बन्धित उपचार पद्धति हो। यसलाई पूर्वीय वैदिक सभ्यताको अभूतपूर्व उपहारका रूपमा लिइन्छ। निरोगी र दीर्घ जीवनका लागि यो पद्धति विश्वव्यापी रूपमा लोकप्रिय बन्दै गएको छ। यस पद्धतिमा बिरामीको आत्मा, मन, शारीरिक प्रकृति, दोष, मल र धातुको अवस्थालाई ध्यानमा राखेर समग्र पक्षको उपचार गरिन्छ। आहार, विहार र आचार संहितामार्फत रोगले आक्रमण नगरोस् भनी प्रतिरोधी औषधी र आहारमा जोड दिनु यसको विशेषता हो। रोगीको मन र शारीरिक प्रकृतिअनुसार उपचार गरिन्छ। रोगको प्रकृतिविरुद्ध पथ्यापथ्यको निर्देश गरी स्वस्थ व्यक्तिलाई रोगबाट जोगाउने र रोगीलाई चाँडै निको पार्ने काम यसमा हुन्छ। औषधी जडीबुटीबाट निर्माण हुने भएकाले नकारात्मक प्रभाव हुँदैन। रोगको नियन्त्रण मात्र नभई पूर्ण निर्मूल गर्ने प्रयास हुनु र पार्श्वप्रभाव नहुनु नै आयुर्वेदिक चिकित्साको विशिष्ट पक्ष हो। यसप्रकार रोग नियन्त्रण र पार्श्वप्रभावबाट बचाउन आयुर्वेदिक चिकित्सा पद्धति अत्यन्त प्रभावकारी मानिन्छ।
१०. 'स्वस्थ खानपान' शीर्षकमा एउटा वस्तुपरक अनुच्छेद तयार गर्नुहोस्।
उत्तर: स्वस्थ खानपान स्वस्थ जीवनको पहिलो आधार हो। नियमित र सन्तुलित भोजनले रोगमुक्त रहन सकिन्छ भने अनियमित र अस्वस्थ खानपानले मधुमेह, हृदयाघात, मोटोपना र उच्च रक्तचाप जस्ता रोग निम्त्याउँछ। पूर्वीय दर्शनले पनि ऋताहार, हिताहार र मिताहारलाई सर्वश्रेष्ठ आहार मानेको छ। आजभोलि मसलेदार, तारेको र बजारिया खानाको प्रयोग बढ्दो छ। स्वाद र रङलाई मात्र महत्त्व दिँदा विभिन्न रोग लाग्छन्। क्षारप्रधान खाना जस्तै मौसमी तरकारी, फलफूल, गेडागुडी, मकै, गहुँ, जौ, कोदो, फापर र उवा बढी स्वस्थ मानिन्छन्। तसर्थ स्वस्थ खानपान नै स्वस्थ जीवनको अनिवार्य सर्त हो।
११. 'चिकित्सा विज्ञान र आयुर्वेदिक चिकित्सा' निबन्धको पहिलो अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
चारओटा बुँदाहरू:
(क) मानिसका असावधानीका कारण रोगव्याधिले शरीरमा प्रवेश पाई खुसी लुटिने,
(ख) रोगव्याधि विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव हुनु,
(ग) चिकित्सा विज्ञानमा एलोप्याथिक चिकित्सा र आयुर्वेद चिकित्सा उपचार पद्धति बढी प्रयोगमा रहनु,
(घ) एलोप्याथिक पाश्चात्य विज्ञानको वरदान र आयुर्वेद पूर्वीय वैदिक सभ्यताको उपहार ।
सारांश: चिकित्सा विज्ञानको पृष्ठभूमि
मानिसका असावधानीका कारण रोगव्याधिले प्रवेश पाई खुसी लुटिन्छ । यसका विरुद्ध प्रत्याक्रमण गरी त्यसलाई दमन र शमन गर्न चिकित्सा विज्ञानको प्रादुर्भाव भएको हो । पाश्चात्य विज्ञानको वरदान एलोप्याथिक र पूर्वीय सभ्यताको उपहार आयुर्वेद बढी प्रयोगमा छन् ।
अनुच्छेदमा भएको जम्मा शब्द सङ्ख्या : ९८
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ३३
सारांशमा भएको शब्द सङ्ख्या : ३४

१२. 'आधुनिक चिकित्सा पद्धति.... सुख छैन' अनुच्छेद पढ्नुहोस् अनि विषयवस्तुको पहिचान, अनुमान र निष्कर्षसँग सम्बन्धित एक एकओटा बोध प्रश्न निर्माण गर्नुहोस्।
(क)अनुच्छेदबाट विशेषण शब्द पहिचान गरी लेख्नुहोस्।
(ख)औषधीको दुरुपयोग कसरी कम गर्न सकिएला?
(ग)आधुनिक चिकित्सा पद्धति किन लोकप्रिय भएको छ?
१३. दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
(क) प्रश्नहरू
(अ)कृषि उत्पादन कसरी उपभोक्तासम्म पुग्छ?
उत्तर: कृषि उत्पादनलाई सङ्कलकमार्फत् बजारसम्म पुर्याइन्छ। बजारमा पुगेका वस्तु उपभोक्ताले खरिद गरेर उपभोग गर्छन् र उत्पादन उपभोक्तासम्म पुग्छ।
(आ)अनुच्छेदमा सूचना प्रवाह र नाफासम्बन्धी कस्तो व्यवस्था उल्लेख भएको छ?
उत्तर: सूचना प्रवाहको व्यवस्था सरकारले मिलाइदिने र नाफाका बारेमा सङ्कलकले वस्तु सङ्कलन गरेर बजारमा पठाउँदा सानो नाफाको अंश राखिदिने व्यवस्था भएको छ।
(इ)कृषि बजारीकरणको प्रक्रियाबारे लेख्नुहोस्।
उत्तर: कृषि बजारीकरणमा उत्पादन भएका वस्तु सङ्कलकमार्फत् भण्डारण गरिन्छ र बजारसम्म पुर्याइन्छ।
(ई)सरकारले कृषकलाई कुन कुरामा सहयोग गर्नुपर्छ?
उत्तर: सरकारले कृषकलाई मल, सिँचाइ, बाटो, बजार र सञ्चारको उचित व्यवस्था मिलाउन सहयोग गर्नुपर्छ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:
(अ)अनुच्छेदबाट उप, सम्, उत् उपसर्ग लागेका एक एकओटा शब्द खोजेर लेख्नुहोस्।
उत्तर: उपभोक्ता, सङ्गठन, उत्पादन
(आ)अनुच्छेदबाट दुईओटा कृदन्त शब्द पहिचान गरी लेख्नुहोस्।
उत्तर: गर्नाले, गरेर
(इ)अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व उकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस्।
उत्तर: सुरुमा: उत्पादन, पुर्याइन्छ। बिचमा: अनुसार, अनुदान। अन्तिममा: वस्तु, हुनु।